Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय

गोरखा

गण्डकी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय

गोरखा

न्यून व्यान्डविथ Invert Color A- A A+

परिचय 2077-03-15

जिल्ला परिचयः
गोरखा जिल्ला संङ्घिय सरकारको सात वटा प्रदेश मध्ये गण्डकी प्रदेश अन्तर्गत एघार ओटा लमजुङ,मनाङ, तनहुँ, कास्की, पर्वत, स्याङजा,बाग्लुङ, म्याग्दी, मुस्ताङ, गोरखा र नवलपरासी पुर्व मध्ये एक ऐतिहासिक जिल्ला हो । यसको देश तथा विदेशमा छुट्टै पहिचान रहेको छ । हालको नेपालको एकिकरण अभियानको उद्गम स्थाल वा शाह बंशियहरुको स्थापना यसै जिल्ला गोरखाबाट भएको थियो । पृथ्वी नारायण शाहको जन्मस्थल समेत रहेको यो जिल्लाको पूर्वपट्टि धादिङ, दक्षिण चितवन र तनहुँ पश्चिम लमजुङ र उत्तर चिनको शासित क्षेत्र तिव्वतसंग सिमा जोडिएकोछ । यहाँका बुढी गण्डकी, त्रिशुली, दरौँदी, चेपे आदि मुख्य नदीहरु हुन् । मनास्लु, गणेश, बौद्ध, श्रृङगी मुख्य हिमालहरु रहेकाछन् । यहाँको रुपीनाला विश्वकै कम उचाईमा रहेको हिमरेखा क्षेत्र हो । यहाँ तातोपानीका मुलहरु पनि खोप्लाङ र गण्डकी नदी वरिपरी रहेका छन् ।  गोरखकाली मन्दिर, मनकामना र गोरखनाथ गुफा, वारपाककोट, श्रीनाथकोट, बुढीकोट मन्दिर यहाँका धार्मिक क्षेत्रहरु हुन् । यो जिल्ला उत्तर हिमाली क्षेत्र देखि दक्षिण मुग्लीङ सम्म फैलिएको छ । पालुङटार, महादेवटार, मंगलटार, आरुटार आदि यहाँका प्रख्यात टारहरु हुन् । गोरखा दरवार संग्रहालय, रामशाह चौतारी, भिमसेन थापा पार्क, विषे नगर्चीको बगैंचा र  द्रव्य शाह चौतारी आदी गोरखा सदरमुकामकाो पर्यटन क्षेत्रको रुपमा विकास हुन लागेको स्थलहरु हुन् । यस जिल्लाको क्षेत्रफल ३६१० वर्ग किलोमिटरमा फैलिएकोछ । वि.सं. २०६८ को राष्ट्रिय जनगण्नानुसार गोरखा जिल्लाको कुल जनसंख्या दुईलाख एकहत्तर हजार एकसटठी जना रहेकाछन् । जसमध्ये महिला १५००२० र पुरुष १२१०६१ रहेकाछन् । यहाँ दुई नगरपालिका र नौ वटा गाउँ पालिकाहरु  गोरखा, पालुङटार, आरुघाट, अजिरकोट, बारपाक सुलिकोट, धार्चे, चुमनुब्री, गण्डकी, शहिद लखन र भिमसेन थापा, रहेकाछन् । यहाँ दुई ओटा संघिय निर्वाचन क्षेत्र र चार वटा प्रदेश संसदिय क्षेत्र रहेका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाबाट प्रवाह हुने सेवा र सुविधाहरुको विवरणः
१. प्रदेशस्तरिय खानेपानी सुविधा
२. सशर्त खानेपानी सुविधा
३. विशेष खानेपानी सुविधा
४. आधारभुतस्तरको खानेपानी सुविधा
५. सरसफाइ सुविधा


खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नम्बर ३, गोरखाका सेवा क्षेत्रः
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको यस डिभिजन कार्यालय स्याङजा, तनहुँ, गोरखा र वाग्लुङ मध्ये एक हो । यस डिभिजन अन्तर्गत गोरखाका दुई नगरपालिका र नौ वटा गाउँ पालिकाहरु गोरखा, पालुङटार, आरुघाट, अजिरकोट, बारपाक सुलिकोट, धार्चे, चुमनुब्री, गण्डकी, शहिद लखन र भिमसेन थापा, रहेकाछन् , र लमजुङ जिल्लाकाा बेशीशहर, सुन्दर बजार,राइनास र मध्य नेपाल चार नगरपालिका र दोर्दी, क्वोलासोथर, मस्र्याङदी र दुधपोखरी  चार गाउँपालिका  गरी आठ वटा स्थानीय पालिका रहेकोछन् ।
 

       


पछिल्लो अपडेट गरिएको : 2081-05-14 10:23:16

© सर्वाधिकार सुरक्षित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय

Powered By: ProActive Developers